नेपाल टी-२० लिग : पहिलो क्वालिफायरमा लुम्बिनीविरुद्ध टस जितेर फिल्डिङ गर्दै जनकपुर – Nepal Press

नेपाल टी-२० लिग : पहिलो क्वालिफायरमा लुम्बिनीविरुद्ध टस जितेर फिल्डिङ गर्दै जनकपुर

काठमाडौं । जारी नेपाल टी–२० लिग अन्तर्गत पहिलो क्वालिफयरमा जनकपुर रोयल्सले लुम्बिनी अलस्टार्सविरद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलमा जनकपुर वेस्टइन्डिजका ट्रेभोन ग्रिफितको कप्तानीमा मैदान उत्रिँदै छ ।

लुम्बिनी दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको छ । यस खेलको विजेताले फाइनलमा स्थान बनाउने छ । पराजित टिमले फाइनल पुग्नका लागि पुनः इलिमिनेटरको विजेतासँग खेल्नेछ ।

इलिमिनेटरमा सोमबार विराटनगर सुपर किङ्स र काठमाडौं नाइट्सबीच प्रतिस्पर्धा हुनेछ ।

जारी टी–२० लिगमा लुम्बिनी लिग चरणमा १० मध्य ८ खेल जितेर १६ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफ पुगेको थियो । जनकपुरले १० खेलमा ७ खेल जित्दै १४ अंकका साथ दोस्रो स्थानमा रहेर प्लेअफ पक्का गरेको थियो ।

६ टिमको सहभागिता रहेको प्रतियोगितामा पुछारका दुई टिम पोखरा एभेन्जर्स र फार वेस्टर्न यूनाइटेड बाहिरिएका छन् ।

लुम्बिनीको प्लेइङ ११ः दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, कुशल भुर्तेल, गुलसन कुमार झा, सागर ढकाल, किशोर महतो, ईशान पाण्डे, लाहिरु मिलान्था, शेड्ली भान स्केल्कवेक, विपुल शर्मा र हर्मीतसिंह

जनकपुरको प्लेइङ ११ः सोमपाल कामी, सन्दीप जोरा, ललित नारायण राजवंशी, पवन सर्राफ, जितेन्द्र कुमार मुखिया, राजेश पुलामी मगर, दिलीप नाथ, ट्रेभोन ग्रिफित, अशन प्रियन्जन, सामिउल्लाह सिनवारी र शरार्फुदिन असरर्फ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर