जिल्ला समन्वय समिति कैलालीका प्रमुख कलेलको निधन – Nepal Press

जिल्ला समन्वय समिति कैलालीका प्रमुख कलेलको निधन

कैलाली । जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेलको निधन भएको छ ।

मिर्गौला रोगबाट पीडित प्रमुख कलेलको उपचारका क्रममा शनिवार काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वास्थ्यमा जटिल खालको समस्या देखिएपछि कलेल दुई साता अघि उपचारका लागि काठमाडाैं गएका थिए ।

उनको शनिवार उपचारकै क्रममा वीर अस्पतालमा निधन भएको हो । नेपाली काँग्रेसका नेता समेत रहेका कलेल तत्कालीन सत्तारुढ गठबन्धनको समर्थन जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका थिए ।

उनी गौरीगंगा नगरपालिकाका स्थायी बासिन्दा हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *