नयाँ स्मार्ट फोन किन्दै हुनुहुन्छ ? यी ४ कुरामा ध्यान दिनुस् – Nepal Press

नयाँ स्मार्ट फोन किन्दै हुनुहुन्छ ? यी ४ कुरामा ध्यान दिनुस्

काठमाडौं । अहिलेको समयमा स्मार्ट फोन बजारमा छ्याछ्याप्ती उपलब्ध छन् । मोबाइल कम्पनीले नयाँ प्रोडक्ट बजारमा ल्याउँदा गर्ने अनेकन प्रतिबद्धताहरु हेर्दा र सुन्दा बजारमा भएका सबै फोन आकर्षक र गुणस्तरीय पनि लाग्छन् । यद्यपी बजारमा उपलब्ध अनेकन स्मार्ट फोनहरुमध्ये तपाईंका लागि सबै भन्दै उपयुक्त फोन कुन होला त ?

यसो त स्मार्ट फोन तपाईंको आवश्यकता र दक्षताको हिसाबले नै किन्न पर्ने हुन्छ तर पनि स्मार्ट फोन किन्नु पूर्व तपाईंले केही महत्वपूर्ण कुरामा ध्यान दिनु भयो भने तपाईंले आवश्यकता अनुसारको गुणस्तरीय फोन पाउने सम्भावना हुन्छ । नयाँ स्मार्ट फोन किन्दा ध्यान दिनुपर्ने यी चार कुराहरुः

१ अपडेट्को अवस्था

स्मार्ट फोन किन्नु अघि सो फोनको अपडेटिङ सेवा कस्तो छ ? के उक्त फोनको कम्पनीले समय–समयमा अपडेट सुविधा दिइरहेको छ वा छैन ? भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ । अपडेटिङ सुविधा राम्रो सँग उपलब्ध भएको अवस्था तपाईंले समय सापेक्ष नयाँ सुविधाहरु प्राप्त गर्न सक्नुहुन्छ भने तपाईको युजर एक्सेप्रियन्स राम्रो हुन जान्छ । फोनमा अपडेटको सुविधा नभएको अवस्थामा विभिन्न नयाँ एपहरु चलाउनमा समस्या आउने, फोन ह्याङहुने लगायतका समस्या आउन सक्छ ।

२ नेटवर्क

फोनको सबैभन्दा महत्वपूर्ण ‘फङसन’ भनेकै नेटवर्क हो । नेटवर्क नै राम्रो छैन भने मोबाइलको किन्नुको नै फइदा छैन । यसका साथै ‘केरियर एग्रीगेशन’ पनि चेक गर्नैपर्छ । यसलाई चेक ‘नेट मनिटर’ नामक एप प्रभावकारी हुन सक्छ । यो एपमार्फत विभिन्न ठाउँमा नेटवर्कको अवस्था के छ भन्ने जानकारी प्राप्त गर्न सकिन्छ ।

३ स्टोरेज

स्टोरेज सबैभन्दा महत्वपूर्ण कुरा हो । यसले फोनको गतिलाई निर्धारण गर्छ । स्टोरेज हेरेरै फोनको अवस्था थाहा पाउन सकिन्छ । स्टोरेज बुझ्न खास्सै अप्ठ्यारो छैन । सामन्यतया जति ठुलो ‘र्‍याम’ त्यती राम्रो स्टोरज क्षमता र त्यति नै राम्रो फोन भनेर बुझ्न सकिन्छ ।

४ क्यामरा र बेट्री

क्यामरा हेर्दा सबैभन्दा पहिला फोनको क्यामराबाट आउने फोटोहरुको कलर फिचर र तस्बिरको क्वालीटीलाई ध्यान दिनु पर्छ । यसका लागि तस्विरलाई ‘जुम्म’ गरेर पनि हेर्न सकिन्छ । फोटोहरुमा आउने कलरको प्रभावलाइ हेरेर मात्रै फोन लिनु फाईदाजनक हुनसक्छ । यसका साथै बेट्रि ब्याकअप पनि उत्तिकै महत्वपुर्ण हुन्छ ।

यसो भनिरहँदा फोनको चार्जरलाई नजरअन्दाज गर्नु भने हुँदैन । सामान्यतया ४००० एम एचदेखि ५००० एम एच का बेट्रिका लागि २० देखि ३० वाटको चार्जले उपयुक्त हुन्छ । यही आधारमा अन्य ब्याट्रीका लागि पनि चार्जरको क्षमता अनुमान लगाउन सकिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *