देउवा निवासमा माधव नेपाल, गठबन्धन भंग भएपछिको अवस्थाबारे छलफल (भिडिओ) – Nepal Press

देउवा निवासमा माधव नेपाल, गठबन्धन भंग भएपछिको अवस्थाबारे छलफल (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एसका माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

शुक्रबार साँझ देउवाले आफ्नो पार्टीका महामन्त्री र उपसभापतिहरुसँग भेटवार्ता गरेपछि नेकपा एसका अध्यक्ष नेपालसँग छलफल गरेका हुन् ।

तत्कालीन गठबन्धन भंग भएपछि भएको उनीहरुबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिँदैछन् । त्यसकै पूर्वसन्ध्यामा भएको देउवा र नेपालबीचको भेटलाई चासोका साथ हेरिएको छ । उनीहरुबीच तत्कालीन सत्तारुढ गठबन्धन टुट्नुका कारणबारे पनि छलफल भएको बताइएको छ ।

पछिल्लो दिनमा नेपाली कांग्रेसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री अफर गरेको समाचार प्रकाशित भएका थिए । यद्यपी आज देउवा र कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाबीचको छलफलपछि शर्माले ती सबै हल्ला भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर