बाँकेमा समुदायस्तरमै दादुरा महामारी फैलिएपछि खोप अभियान सुरु – Nepal Press

बाँकेमा समुदायस्तरमै दादुरा महामारी फैलिएपछि खोप अभियान सुरु

रुपन्देही । बाँकेमा समुदायस्तरमा दादुराको महामारी देखिएपछि खोप अभियान सुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबारदेखि खोप अभियान थालेको हो ।

दादुराले नेपालगञ्जमा एक बालकको मृत्यु भइसकेको छ भने २९ जना बढी बिरामी फेला परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले दादुरा देखिएका बालबालिकालाई घरमै छुट्टै राखेर उपचार गर्ने र गम्भीर बिरामी भएकालाई अस्पताल लैजाने व्यवस्था मिलाएको जनाएको छ ।

केही दिनयता समुदायस्तरमै दादुरा प्रभावित उल्लेख्य बालबालिका देखिएपछि शुक्रबारदेखि खोप लगाउन सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार वडा नम्बर ५, ७ र ८ मा खोप लगाउन सुरु गरिएको छ । यी वडाहरुमा दादुरा प्रभावित बालबालिका बढी भेटिएका छन् । वडा नम्बर ५, ७ र ८ स्थित सहरी स्वास्थ्य क्लिनिक र वडा नम्बर ८ स्थित आइडियल स्कुलमा खोप केन्द्र सञ्चालन गरिएको छ ।

यी वडाका करिब ४ हजार ५ सय बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको चन्दले जानकारी दिए । उनका अनुसार तत्काल दादुरा देखिएका वडा नं ५, ७, ८, ९, १०, ११, १४, १५, २२ मा खोप अभियान चलाइने छ । अभियान सबै वडामा पु¥याउने तयारी रहेको चन्दले जानकारी दिए ।

नेपालगञ्जमा ५ वर्षमाथिका बालबालिकामा प्रकोप देखिएकाले ९ महिनादेखि १५ वर्ष उमेरका बालबालिकामा खोप लगाइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर