बैंक तथा वित्तिय संस्थाको निक्षेप ५३ खर्ब नाघ्यो – Nepal Press

बैंक तथा वित्तिय संस्थाको निक्षेप ५३ खर्ब नाघ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा५३ खर्बभन्दा बढी निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब दुई अर्ब निक्षेप संकलन भएको हो ।

पुस १९ सम्म वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीसँग ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा पुस २० गते ५३ खर्ब २ अर्ब पुगेको हो । गत मंसिरको अन्तिमसम्ममा ५२ खर्ब हराहारीमा रहेको निक्षेप संकलन पछिल्लो समय बढ्न थालेको हो । राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंकमा मात्रै ४६ खर्ब ७५ अर्ब निक्षेप सङ्कलन भएको छ ।

पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ६७ अर्ब बराबरको कर्जा लगानी गरेका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ८६ दशमलव ५६ प्रतिशत छ । बैंकमा लगानीयोग्य रकम बढेकै कारण अन्तर बैंक सापटीको ब्याजदर पनि घटेर ६ दशमलव ८३ प्रतिशत पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर