मधेसमा सरकार गठनका लागि प्रदेश प्रमुखले दिए ६ दिनको समय – Nepal Press

मधेसमा सरकार गठनका लागि प्रदेश प्रमुखले दिए ६ दिनको समय

जनकपुरधाम । मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री नियुक्ति गर्न पुस २८ गते बिहीबार बेलुकी ४ बजेसम्मको समय तोकेका छन् ।

अन्य ६ प्रदेशले मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरिसक्दा मधेस प्रदेश प्रमुख मिश्रले आज बल्ल मुख्यमन्त्रीको दाबी पेश गर्न ६ दिनको समय दिएका हुन् । मधेस प्रदेशमा १०७ सांसद छन् । मुख्यमन्त्री दावी गर्न ५४ सांसदको समर्थन आवश्यक पर्छ । तर कुनै एक दलसँग ५४ सांसद छैनन् ।

कुनै एक दलसँग सरकार बनाउने सांसद संख्या नरहेकाले नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मधेसको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख मिश्रले आह्वान गरेका छन् ।

यो प्रदेशमा २३ सांसदसहित नेकपा एमाले सबभन्दा ठूलो दल छ । कांग्रेसको २२, जसपाको १६, जनमतको १३, माओवादीको ९, नेकपा एसको ७ र लोसपाको ९ सांसद छन् । ५ स्वतन्त्र सांसद छन् भने नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाको १/१ सांसद रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर