अवैध क्रसर उद्योग बन्द गर्न सुर्खेत प्रशासनको निर्देशन – Nepal Press

अवैध क्रसर उद्योग बन्द गर्न सुर्खेत प्रशासनको निर्देशन

सुर्खेत । सुर्खेत जिल्लाभित्र अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्देशन दिएको छ । प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै त्यस्ता क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा जारी सूचनामा प्रचलित कानून र मापदण्ड विपरीत अनुमती नलिई, दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका ढुंगा, गिट्टी तथा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरु तत्काल बन्द गर्न निर्देशन गरिएको छ ।

यस्तै, विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर, आयोजना समाप्तिपछि पनि सञ्चलानमै रहेका उद्योगहरु बन्द गर्न प्रशासनले व्यवसायीहरूलाई अनुरोध गरेको छ ।

साथै प्रशासनले आयोजना सकिए पनि सञ्चालनमै रहेका क्रसर उद्योग तत्काल बन्द गर्न उद्योग/निर्माण व्यवसायी, स्थानीय तह तथा सुरक्षा निकायलाई समेत यसको निगरानी गरी बन्द गर्ने कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ ।

प्रचलित कानूनबमोजिम सञ्चालनमा रहेका क्रसर उद्योगहरूलाई सम्बन्धित कागजात प्रशासनमा पेश गर्न भनिएको छ । सूचना उल्लंघन गरे कारबाहीको चेतावनी दिइएको छ ।

केही दिनअघि देशभरका जिल्ला प्रशासन कार्यालयलाई गृहले अवैध क्रस बन्दको निर्देशन दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *