अख्तियार कार्यालयको सुरक्षार्थ खटिएका प्रहरी जवान झुण्डिएको अवस्थामा भेटिए – Nepal Press

अख्तियार कार्यालयको सुरक्षार्थ खटिएका प्रहरी जवान झुण्डिएको अवस्थामा भेटिए

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत एक प्रहरी जवान मृत भेटिएका छन् ।

अख्तियारको सुरक्षार्थ खटिएका प्रहरी जवान खगेन्द्र नेपाली बिहीबार अपरान्ह झुन्डिएको अवस्थामा भेटिएका हुन् । ड्युटीकै समयमा २५ वर्षीय नेपाली पोस्टमा झुण्डिएको अवस्थामा भेटिएपछि काठमाडौं प्रहरी परिसरको टोली पनि घटनास्थल पुगेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर