आफ्नै कारण गुमेको सीटमा खिमलाल नउठ्ने, राष्ट्रियसभा उपचुनावमा एमलेबाट को बन्ला उम्मेदवार ? – Nepal Press

आफ्नै कारण गुमेको सीटमा खिमलाल नउठ्ने, राष्ट्रियसभा उपचुनावमा एमलेबाट को बन्ला उम्मेदवार ?

रुपन्देही । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य बनेका एमाले नेता खिमलाल भट्टराईले राजीनामा दिएपछि खाली भएको स्थानमा सरकारले माघ २५ गते उपनिर्वाचन गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेकाले अहिले एमालेबाट त्यो पदमा कसलाई पठाउँछ भन्ने विषय चासोका साथ हेरिएको छ ।

धेरैले यसअघि सो पदबाट राजनीनामा दिएर रुपन्देही क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न खोजेका खिमलाल भट्टराई पुनः दोहोरिने अपेक्षा गरेपनि उनले भने अस्वीकार गरेका छन् ।

खासगरी यो पदको समय करिब १ वर्ष मात्रै भएकाले पनि धेरै सिनियर नेताको कम रुचिमा परेको हो । एमालेबाट संविधान सभा सदस्य तथा अनुशासन आयोग उपाध्यक्ष नेत्र पन्थी, पार्टी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, माओवादीबाट नेकपाकालमा एमाले रोजेपछि राष्ट्रिय सभा सदस्य गुमाएर पछि उम्मेदवार बनेर यसअघिको गठबन्धनमा पराजित अर्घाखाँचीका चन्द्रबहादुर खड्कालगायत पठाउनसक्ने अनुमान गरिएपनि धेरैले इच्छा गरेका छैनन् ।

तर नेता नेत्र पन्थीले आफू सो पदमा जान इच्छुक नभएको बताए । प्रदेश अध्यक्ष कंडेलले भने भरखरको निर्णय भएकाले अहिले को जाने भन्ने विषय भन्न नसकिने बताए ।

‘बल्ल सरकारले निर्णय गरेको छ, पार्टीले कसलाई पठाउने भन्ने संभावित उम्मेदवार तय नि गरेको छैन, निर्णय नै गरेको छैन, निर्णय गरेपछि जसलाई पनि जान बाध्य हुन्छ नि’, उनले भने ।

यसअघि एमालेकै सीट भएको र नयाँ गठबन्धनमा बहुमत भएकाले सजिलै त्यो क्षेत्र जित्न सकिने भएकाले पनि एमालेले तत्काल उपनिर्वाचन गराउन चाहेको हो । यसअघि एमालेले जितेको क्षेत्र भएपनि गठबन्धनको बहुमत नभएकाले उपनिर्वाचनमा नेकपा एसका उम्मेदार राजेन्द्रलक्ष्मी गैरे विजयी भएकी थिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर