‘मुन्द्रेको कमेडी क्लब’को नयाँ अध्यक्ष प्रियंका कार्की (भिडिओ) – Nepal Press

‘मुन्द्रेको कमेडी क्लब’को नयाँ अध्यक्ष प्रियंका कार्की (भिडिओ)

काठमाडौं । ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करणमा अध्यक्षको भूमिकामा अभिनेत्री प्रियंका कार्की पक्का भएकी छन् ।

यसअघि यो टीभी शोको पहिलो सिजनमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र दोस्रो सिजनमा अभिनेत्री करिश्मा मानन्धर अध्यक्षको भूमिका देखिएका थिए । यसपालि भने दीपा र करिश्माको उक्त कुर्सीमा प्रियंका बस्ने भएकी छन् ।

वुधबार महाराजगञ्जको एक ब्याङ्क्वेटमा जितु नेपालको उक्त शोको प्रोमो छायांकन गरिएको थियो । उक्त प्रोमोको छांयाकनको दौरान प्रियंका अध्यक्ष रहेको कुरा बाहिरिएको हो । ‘गुपचुप गरौँ भन्ने थियो तर कहाँबाट यो बाहिरियो हामीलाई नै पत्तो भएन’, जितु नेपालले नेपाल प्रेसलाई बताए ।

प्रियंकासँगै दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ सहितका कलाकारले यो कार्यक्रमको तेस्रो सिजनमा प्रवेश गरेका छन् ।

अघिल्लो संस्करणको चर्चित पात्र फुलन्देको आमाको ठाउँमा यसपटक जितुको सानीआमा पात्रलाई इन्ट्री गराइँदैछ, जसलाई श्याम रानाले निर्वाह गर्नेछन् । ‘छक्कापञ्जा’ फेम्ड सुमन गिरी भाञ्जा कार्यक्रम संयोजकको रुपमा हुनेछन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर