फिक्सिङ विवादबीच सीआईबी पुगे क्यान अध्यक्ष चन्द र म्यानेजर दास – Nepal Press

फिक्सिङ विवादबीच सीआईबी पुगे क्यान अध्यक्ष चन्द र म्यानेजर दास

काठमाडौं । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र क्रिकेट म्यानेजर विनोद दास केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबी पुगेका छन् । उनीहरु बुधबार अपरान्ह महाराजगञ्जस्थित सीआईबी कार्यालय पुगेका थिए ।

क्यान अध्यक्ष चन्दले सीआईबीलाई जानकारी गराउन पुगेको बताए । प्रतियोगितामा फिक्सिङको विषय उठेपछि त्यसबारे ब्रिफिङ गर्न पुगेको उनको दाबी थियो ।

‘हामी आफैंले सीआईबी प्रमुखलाई ग्राउन्डमा बोलाएका थियौं । तर, उहाँको कार्य व्यस्तताका कारण आउन सक्नुभएन। अपरान्ह हामी आफैं पुगेका हौं’, उनले भने ।

सीआईबी प्रमुख उत्तम सुवेदीलाई म्याच फिक्सिङ, स्पट फिक्सिङलगायतका विषयमा जानकारी गराइएको उनले बताए । ‘हामीले यो विषय के कस्तो हो भन्नेबारे उहाँहरुलाई जानकारी गराउन गएका हौं । एन्टी करप्सन युनिटको रिपोर्ट र खेलाडीसँगको बयानलगायत विषयबाट अगाडि बढ्ने उहाँहरुले बताउनुभएको छ’, चन्दले भने ।

घटनाबारे सीआईबीले अनुसन्धान गरिरहेको छ । सीआईबीले एसपीको नेतृत्वमा छानबिन गरिरहेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर