कम्बोडियामा ज्यान गुमाएका निराकारका बुबाले भेटे प्रधानमन्त्री प्रचण्डलाई – Nepal Press

कम्बोडियामा ज्यान गुमाएका निराकारका बुबाले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुबा अग्नि पाण्डेले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर पाण्डेसँग भेट गरेका हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्याशित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै धैर्य धारणका लागि निराकारका बुबा अग्निलाई आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *