सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै, यस्ता छन् प्राथमिकता – Nepal Press

सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै, यस्ता छन् प्राथमिकता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दैछ । एमाले उपाध्यक्ष तथा उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा गठन भएको कार्यदलको बैठक दिउँसो १ बजे अर्थमन्त्रालयमा तय गरिएको हो ।

आजको बैठकले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए ।

गठबन्धनका साझेदार दलहरूबाट सुझाव लिइएको आधारमा कार्यक्रमलाई पूर्णता दिन लागेको छ । यस विषयमा बुधबार पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो । छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।

विभिन्न दल सहभागी भएकाले न्यूनतम साझा सहमतिका आधारमा मस्यौदा हुँदा साझा लक्ष्य आर्थिक समृद्धि र विकास जोड दिइएको छ ।

विवादित राजनीतिक मुद्दामा कार्यक्रम नबोल्ने र अर्थतन्त्रलाई लयमा फर्काउने खालका कार्यक्रमहरूमा केन्द्रित हुने गठबन्धनको तयारी छ ।

यो सरकारका लक्ष्यहरू किटान गर्ने र अघिल्लो सरकारले असन्तुलित बनाएको विदेश नीतिलाई सन्तुलित बनाउँदै छिमेकी तथा विकास साझेदारहरूको विश्वास आर्जन गर्न केन्द्रित हुने हुने जनाइएको छ ।

पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने कार्यदल गठन गरेको थियो । अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा माओवादीबाट वर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर