जनकपुर प्लेअफमा, पोखराको लज्जास्पद हार – Nepal Press

जनकपुर प्लेअफमा, पोखराको लज्जास्पद हार

काठमाडौं । प्रतियोगिताको उद्घाटन खेलदेखिका लगातार पाँच खेल हरेको पोखरा एभेन्जर्सले त्यसपछिका तीन खेलमा उत्कृष्ट जित दर्ता गर्दै जारी नेपाल टी–२० लिगमा प्लेअफ पुग्ने सम्भावना बनाएको थियो ।

तर, बिहीबार जनकपुर रोयल्ससँग ६ विकेटले पराजित भएसँगै पोखरालाई प्लेअफ पुग्न अरू टिमको नतिजामा भर पर्नुपर्ने स्थिति आएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पोखा १२ ओभरमा ६८ रन बनाउँदै अलआउट भयो ।

पोखराका आसिफ शेख र कुशल मल्लले समान १६ रन अमिर हम्जा १७ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जनकपुरको बलिङमा सोम्पाल कामीले उत्कृष्ट प्रदर्शन गरे । उनले २ ओभरमा ८ रन खर्चिँदै तीन विकेट लिए ।

ललित नारायण राजवंशी र शरार्फुदिन असरर्फले समान दुई विकेट लिँदा जितेन्द्र मुखिया, ट्रेभोन ग्रिफित र पवन सर्राफले समान एक विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ९ ओभरमा ४ विकेट गुमाएर पोखराले दिएको ६९ रनको लक्ष्य पुरा गर्दै प्लअफमा स्थान पक्का गर्‍यो ।

जनकपुर जारी प्रतियोगितामा प्लेअफ पुग्ने दोस्रो टिम हो । यसअघि लुम्बिनी तीन खेल अगावै प्लेअफ पुगेको थियो ।

जनकपुरका ओपनर सरार्फुदिन असरफले सर्वाधिक ३७ रन योगदान गरे । ट्रेभोन ग्रिफितले १७ रन जोडे ।

पोखराको बलिङमा कुशल मल्लले तीन विकेट लिए ।

आज हुने दोस्रो खेलमा काठमाडौं नाइट्स र फार वेस्टर्न यूनाइटेड खेल्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर