कञ्चनपुरको भिमदत्त नगरपालिकामा चार दिन चिसो बिदा – Nepal Press

कञ्चनपुरको भिमदत्त नगरपालिकामा चार दिन चिसो बिदा

कैलाली । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ४ दिन चिसो बिदा दिएको छ । अत्यधिक चिसो बढेको भन्दै आज देखी २४ गते सम्म बिदा दिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले एक विज्ञप्ति जारी गर्दै २१ गते देखी २४ गते सम्म विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

पछिल्लो केही दिन यता कैलाली कञ्चनपुरमा अत्यधिक चिसो बढिरहेको छ ।

यसअघि शुक्लाफाँटा नगरपालिकाले पनि दुई दिन बिदा दिने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर