नापोलीको पहिलो हार – Nepal Press

नापोलीको पहिलो हार

काठमाडौं । इटालिनय सिरी ए को शीर्ष टोली नापोलीले सिजनको पहिलो हार बेहोरेको छ । इडेन जेकोको एक मात्र  गोलमा इन्टर मिलानले बुधवार राति नापोलीलाई १–० ले हराएको हो ।

पहिलो हाफमा फेर्डिको डिमार्को र रोमेलु लुकाकुले गोलको अवसर गुमाउँदा इन्टरले अग्रता लिने अवसर गुमाएको थियो ।

अप्रिल २०२२ मा इम्पोलीलाई ३–२ को नतिजा सुम्पिएपछि सिरी ए मा नापोलीको यो पहिलो हार हो । जारी सिजन सिरी ए ले १५ खेलमा १३ जित र दुई बराबरीको नतिजा निकालेको थियो ।

नापोली १६ खेलमा ४१ अंकसहित शीर्ष स्थानमा यथावत् छ । दोस्रो स्थानको एसी मिलानभन्दा पाँच अंक बढी हो । तेस्रो स्थानको युभेन्टसको ३४ र चौथो स्थानको ३३ अंक छ । पाँचौँ स्थानको लाजियोको ३० अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर