इन्सकेको अध्यक्षमा कुन्दन अर्याल निर्वाचित – Nepal Press

इन्सकेको अध्यक्षमा कुन्दन अर्याल निर्वाचित

काठमाडौं । मानव अधिकार क्षेत्रको अग्रणी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अध्यक्षमा वरिष्ठ पत्रकार तथा सहप्राध्यापक डा. कुन्दन अर्याल निर्वाचित भएका छन् ।

वुधबार सम्पन्न इन्सेकको २६ औँ साधारणसभाले आगामी तीन वर्षका लागि अर्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

कार्यसमितिका सदस्यहरूमा रुद्रबहादुर चर्मकार, लता प्याकुरेल, गीता बराल, ज्योति बानियाँ, रघुनाथ अधिकारी र नरनाथ लुइँटेल निर्वाचित भएका छन् ।

केही दिनपछि हुने नवनिर्वाचित कार्यसमितिको बैठकले पदाधिकारीको टुङ्गो लगाउने इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर