राष्ट्रिय भन्सार एजेन्ट परिषदले उपप्रधान तथा अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र – Nepal Press

राष्ट्रिय भन्सार एजेन्ट परिषदले उपप्रधान तथा अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं । राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालले बुधबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएको छ । अन्तर्राष्ट्रिय व्यापारको आयाममा बढोत्तरी भएसँगै र यसको अनुपातमा भन्सार एजेन्टको संख्या अत्यन्त न्यून रहेकाले अर्थ मन्त्रालय भन्सार विभागले लामो समयको कसरतबाट गत असारमा ६१८ जनालाई इजाजतपत्र वितरण गरेको थियो ।

परिषद्का महासचिव समीरराज विष्टले भन्सारका बेथिति र चुहावट नियन्त्रण गर्न नीति राम्रो बनाउँदै ऐन तथा नियमावलीमा संशोधन गर्न उपप्रधान तथा अर्थमन्त्री पौडेलसँग माग गरे ।

ज्ञापनपत्र बुझ्दै पौडेलले भने, ‘भन्सार क्षेत्रमा कहाँबाट चुहावट हुने गरेको छ र रोकथामका लागि भन्सार एजेन्टबाट मैले निकै ठूलो सहयोगको अपेक्षा गरेको छु ।’

भन्सार एजेन्टको जायज मागप्रति आफू सकारात्मक रहेको र नयाँ भन्सार एजेन्टहरुलाई भन्सार कार्यालयहरुमा सहज रुपमा काम गर्ने वातावरण तयार गर्ने समेत उनले बताए ।

राज्यको सबैभन्दा बढी राजश्व संकलन हुने भन्सार क्षेत्रमा भन्सार एजेन्टले राजस्व संकलनमा महत्वपूर्ण योगदान पु¥याएका छन् । अनियमित चोरी निकासी, गैरभन्सार कार्यलाई निरुत्साहित गरी भन्सार कार्यालयमार्फत मालवस्तु चेकजाँच गरी राजस्व उठाउने काममा समेत भन्सार एजेन्टको भूमिका रहँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर