गृहमन्त्रीलाई पूर्व डीआईजी शाहको व्यंग्य- जे पायो त्यही खोक्न र स्टन्ट गर्न बन्द गर्नुस् – Nepal Press

गृहमन्त्रीलाई पूर्व डीआईजी शाहको व्यंग्य- जे पायो त्यही खोक्न र स्टन्ट गर्न बन्द गर्नुस्

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाहले गृहमन्त्री रवि लामिछानेलाई संकेत गर्दै जे पायो त्यै खोक्न र स्टन्ट बन्द गर्न सुझाव दिएका छन् ।

गृहमन्त्री लामिछानेले एकपछि अर्को निर्देशन दिइरहेका बेला साहित्यकारसमेत रहेका शाहले उनी लक्षित व्यंग्य गरेका हुन् ।

शाहले लेखेका छन्- आजको दुनियाँ हुकुमी शासनले चल्दैन मन्त्रीज्यू १ हुकुमी शासन फालेर लोकतन्त्र ल्याएको होइन र ? जे गर्नु छ कानूनअनुसार गर्नुस् । कानून छैन भने बनाएर लागू गर्नुस् । मन्त्री हुनु भनेको सर्कसको चटके होइन । जे पायो त्यै खोक्न र स्टन्ट गर्न बन्द गर्नुस् । सन्दुक रुईत, भगवान कोइराला र कुलमानले स्टन्टबाजी गरेर नागरिकको मन जितेका होइनन् । परिणाम दिएर जितेका हुन् । काम गर्न हल्ला र चटक गर्नु पर्दैन । बेलैमा सद्बुद्धि आओस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *