ठगबहादुरमाथि अनुसन्धान गर्न एसएसपीको संयोजकत्वमा छानबिन समिति गठन – Nepal Press

ठगबहादुरमाथि अनुसन्धान गर्न एसएसपीको संयोजकत्वमा छानबिन समिति गठन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले व्यवसायीको ३५ तोला सुन र २५ लाख रुपैयाँ झ्वाम पार्न खोजेको आरोपमा निलम्बित नायब उपरिक्षक-डीएसपी ठगबहादुर केसीमाथि छानबिन गर्न समिति गठन भएको छ ।

वरिष्ठ उपरिक्षक-एसएसपी चन्द्रकुवेर खापुङको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । समितिले बुटवल पुगेर काम थालेको छ । इलाका प्रहरी कार्यालय बुटवलको प्रमुखबाट सरुवा हुनु अघिल्लो दिन केसी ३५ तोला सुन र २५ लाख रुपैयाँ बराबरको नगद र चेकसहित पक्राउ परेका थिए । केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

केसी निलम्बित भएपनि फौजदारी कसुरमा मुद्दा नचलाएको भन्दै प्रहरी प्रधान कार्यालयको आलोचना भइरहेको छ । प्रहरी प्रधान कार्यालयले भने छानबिन समितिको प्रतिवेदनका आधारमा आवश्यक कारबाही गरिने जनाएको छ । व्यवसायीबाट बरामद भएको ३५ तोला सुन राखेको र मुद्दा नचलाई उल्टै २५ लाख रुपैयाँ लिएको आरोप केसीमाथि छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *