कांग्रेसको प्रष्टीकरण : प्रचण्डले गठबन्धन छाड्नुमा हामी दोषी छैनौँ – Nepal Press

कांग्रेसको प्रष्टीकरण : प्रचण्डले गठबन्धन छाड्नुमा हामी दोषी छैनौँ

आउने निर्वाचनमा एक्लै जित्न सक्ने पार्टी बनाउँछौँ : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धन टुटेर केही निराशा देखिएपनि अहिलेको चुनौतीलाई अवसरमा परिणत गर्ने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘आउने निर्वाचनमा एक्लै जित्न सक्ने पार्टीको रुपमा रुपान्तरण गर्ने लक्ष्यका साथ काम गछौँ ।’

उनले प्रचण्डले गठबन्धन छाडेर जानुमा कांग्रेसको कुनै दोष नभएको प्रष्टीकरण दिए ।

उनले भने, ‘प्रचण्डजीले गठबन्धन छाडेर जानुभयो । उहाँ आफ्नो प्रतिबद्धताविपरीत किन गठबन्धन छाडेर जानुभयो भन्नेबारे विश्लेषण हुँदै जालान् । तर गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन । हामी कहीँ कतै पनि विचलित भएका छैनौँ। हामीले वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने तर्फ पनि ध्यान दिएनौँ ।’

उनले प्रतिपक्षमा भएपनि सशक्त रुपमा आफ्नो भूमिका निर्वाह गर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर