गगन थापाको प्रस्ताव : बैठकअघि पार्टी भ्रातृ संस्थाहरूलाई पूर्णता दिऔँ (भिडिओ) – Nepal Press

गगन थापाको प्रस्ताव : बैठकअघि पार्टी भ्रातृ संस्थाहरूलाई पूर्णता दिऔँ (भिडिओ)

'आगामी बैठकमा सभापतिले विभागको नाम प्रस्तुत गरुन्'

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २८ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकअघि भ्रातृ संस्थाहरूलाई पूर्णता दिन प्रस्ताव गरेका छन् ।

काठमाडौंमा बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘बैठक आसपासमा हाम्रो पार्टीको भातृ संस्थाहरुलाई पूर्णता दिने विषयहरु मत २८ गतेको बैठकभन्दा पहिला टुंगाऔं भन्ने पक्षमा छु। मैले सबैसँग कुरा गर्दैछु । नेवि संघ महिला संघ, तरुण दल किसान संघ लगायत केन्द्रीय समिति बनाउने काम अहिल्यै टुंग्याऔं ।’

आगामी बैठकमा सभापतिले विभागको नाम समेत प्रस्तुत गर्न माग गरेका छन् । अब बस्ने बैठकले विभाग र भ्रातृ संस्थाहरुलाई पूर्णता दिनुपर्नेमा उनको जोड छ ।

कुनै पक्ष विपक्ष भन्दा पनि अहिले पार्टीका कमिटीलाई पूर्णता दिन नसकेकै कारणले पार्टी सञ्चालनमा समस्या भएको उनले भनाइ छ ।

पार्टी विधानले गरेको सभापतिलाई सबै अधिकार दिए पनि कार्यसम्पादन नहुँदा पार्टी सञ्चालनमा समस्या भएको उनको आरोप छ ।


प्रतिक्रिया

2 thoughts on “गगन थापाको प्रस्ताव : बैठकअघि पार्टी भ्रातृ संस्थाहरूलाई पूर्णता दिऔँ (भिडिओ)

  1. भातृ संस्था के भिडले पूर्णता दिने हो र ?? जिम्मेवारीमा रहेका आदारणीय नेताहरुले जहाँ जे पायो त्यही खाने,जहाँ जे मन लाग्यो त्यही कुरा बोल्दै जाने कुरा कत्तिको विवेकसंगत होला??

  2. यिनको पनि घुकाइ मात्र रहेछ । पार्टीमा २ जना पछि लाग्ने रहेनछन् । के फुर्ति गर्नु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर