सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत – Nepal Press

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (१) प्रदेशसभाबाट निर्वाचित शाह दलको नेतामा सर्वसम्मत भएका हुन् ।

शाहको प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा प्रकाश देउवा थिए । थापा र देउवा दुबै संसदीय दलको नेतामा आकांक्षी थिए । दुबै आकांक्षीलाई समर्थक र प्रस्तावक राख्दै शाह सर्वसम्मत दलको नेता बन्न सफल भएका छन् ।

कांग्रेस संसदीय दलको नेतामा यी तीनजनाबाहेक दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश बम, मानबहादुर रावल र शिवराज भट्ट पनि आकांक्षी थिए । उनीहरुले पनि शाहलाई समर्थन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर