प्रधानमन्त्री प्रचण्डको ‘निजी सचिव’ मा सहसचिव नवराज ढुंगाना नियुक्त – Nepal Press

प्रधानमन्त्री प्रचण्डको ‘निजी सचिव’ मा सहसचिव नवराज ढुंगाना नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘निजी सचिव’मा सहसचिव नवराज ढुंगाना नियुक्त भएका छन् । उनलाई सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सहसचिव ढुंगाना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पुस १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका भएका थिए । यस अघि उनले वीरगन्ज भन्सार, महालेखा नियन्त्रकको कार्यालय, राष्ट्रिय दलित आयोग र वन तथा वातावरण मन्त्रालयमा काम गरेका छन् ।

प्रधानमन्त्रीको निजी सचिवमा यस अघि उपसचिव राखिँदै आएको भए पनि प्रचण्डले निजी सचिवालय प्रभावकारी बनाउन भन्दै सहसचिवलाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रीको निजी सचिव पनि उपसचिव र प्रधानमन्त्रीको पनि उपसचिव नै हुँदा वरियता नमिलेकोले सहसचिव राख्ने निर्णय उपयुक्त भएको सचिवालयको बुझाई छ ।

मन्त्री तथा प्रधानमन्त्रीको निवासमा स्वकीय र मन्त्रालय तथा कार्यालयमा निजी सचिवालय रहने व्यवस्था रहेको छ । यसै गरी प्रधानमन्त्रीको सचिवालय अधिकृतमा मोहदत्त अधिकारी नियुक्त भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर