भारतीय विदेशमन्त्रीको आरोप : चीनले एलएसीलाई एकतर्फी रूपमा बदल्ने प्रयास गर्‍यो – Nepal Press

भारतीय विदेशमन्त्रीको आरोप : चीनले एलएसीलाई एकतर्फी रूपमा बदल्ने प्रयास गर्‍यो

नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले दुई देशलाई छुट्ट्याउने रेखा एलएसीलाई एकतर्फी रूपमा परिवर्तनको प्रयास गरेको आरोप लगाउँदै बेइजिङको आलोचन गरेका छन् ।

अस्ट्रेलियाको जेडआईबी २ पोडकास्टलाई अन्तरवार्ता दिँदै उनले भने, ‘हामीसँग एलएसीलाई एकतर्फी ढंगले परिवर्तन नगर्ने सम्झौता थियो,  जसलाई उनीहरूले एकतर्फी रूपमा उल्लङ्घन गर्न खोजेका छन् । तसर्थ, मलाई लाग्छ त्यहाँ हामीसँग एउटा मुद्दा , धारणा छ जुन सिधै हाम्रा अनुभवबाट प्राप्त हुन्छ’, उनले भने ।

एलएसीको  पश्चिममा रहेको गलवान उपत्यका र प्याङ्गोङ ताल  हालैका वर्षहरूमा हिंसाको केन्द्र बनेका छन् । पूर्वमा तवाङ भारत–चीनबीचको पछिल्लो झडपको स्थल बनेको थियो ।

‘मलाई लाग्छ कि हाम्रा अनुभवहरूमा आधारित ठूलो चासो छ । चासोको विषय यो हो कि हामीले हाम्रो सीमा क्षेत्रमा सेनाहरू जम्मा नगर्ने चीनसँग सम्झौता गरेका थियौँ, र उनीहरूले ती सम्झौताहरू पालना गरेनन्, त्यसैले हामी अहिले तनावपूर्ण स्थितिमा छौँ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *