विचार मिल्ने शक्तिहरुसँग पार्टी एकताको लागि जसपाले बनायो वार्ता समिति – Nepal Press

विचार मिल्ने शक्तिहरुसँग पार्टी एकताको लागि जसपाले बनायो वार्ता समिति

काठमाडौं । जनता समाजवादी पार्टीले विचार मिल्ने विभिन्न पार्टीहरुसँग एकताको लागि वार्ता समिति गठन गरेको छ ।
काठमाडौंमा बसेको राजनीति समितिको बैठकले नेता राजेन्द्र श्रेष्ठको संयोजनमा वार्ता समिति गठन गरेको प्रवक्ता मनीष सुमनले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार समितिमा रकम चेम्जोंग र गोविंद चौघरी रहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नीति र कार्यक्रम मिले सहभागी हुने उनले बताए । शक्ति बाँडफाँट पनि उचित ढंगबाट हुनुपर्ने उनको भनाइ छ। माघ मसान्त भित्र पार्टीको निस्क्रिय संगठन हरूलाई क्रियाशिल बनाउने समेत निर्णय गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर