लुम्बिनीले जनकपुरलाई दियो १७९ रनको लक्ष्य – Nepal Press

लुम्बिनीले जनकपुरलाई दियो १७९ रनको लक्ष्य

काठमाडौं । ओपनर हर्मित सिंहको उत्कृष्ट ब्याटिङमा लुम्बिनी अलस्टार्सले जारी नेपाल टी-२० लिगमा जनकपुर रोयल्सलाई १७९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७८ रनको योगफल तयार पारेको छ ।

लुम्बिनीका ओपनर हर्मित सिंहले सर्वाधिक ७३ रनको इनिङ खेले । उनले ४७ बलमा ५ चौका र ६ छक्का प्रहार गरेर आउट भएका थिए । लाहिरु मिलान्था ३२ बलमा दुई चौका र दुई छक्कासहित ३३ रन बनाएर पभेलियन फर्किएका थिए । कुशल भुर्तेल १७ रनमा आउट हुँदा कप्तान दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । ह्यारी टेक्टर १८ रनमा अविजित रहे ।

जनकपुरको बलिङमा शराफुदिन असरर्फले तीन ओभरमा ३५ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । सामिउल्लाह सिनवारी, ललितनारायण राजवंशी र जितेन्द्र मुखियाले एकएक विकेट लिए ।

जारी प्रतियोगितामा ७ खेल खेलेको लुम्बिनी ६ जीत र एक हारसहित तीन खेलअगावै प्लेअफमा पुगिसकेको छ । जनकपुर ७ खेलमा ५ जीत र दुई हारसहित १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर