सनराइज बैंकको डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न – Nepal Press

सनराइज बैंकको डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । सनराइज बैंकले ‘डिजिटल वित्तीय साक्षरता’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम जुम्लाबाट सुरू गरिएको थियो । कार्यक्रममा डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, मिस्डकल बैंकिङ, इन्टरनेट बैंकिङ, ‘क्यूआर’ भुक्तानीलगायतका बैंकिङ उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारणलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने तथा सुरक्षित बैंकिङ कसरी गर्ने भन्नेबारेमा जानकारी गराइएको थियो ।

वित्तीय साक्षरताको अभावमा असुरक्षित आर्थिक कारोबार गर्न नपरोस् र बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरूको पहुँच पुगोस् भन्ने उदेश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम गरिएको बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर