ज्ञानेन्द्र मल्लले भने: हाम्रो टीमका एक खेलाडीलाई फिक्सरले अप्रोच गरेका थिए – Nepal Press

ज्ञानेन्द्र मल्लले भने: हाम्रो टीमका एक खेलाडीलाई फिक्सरले अप्रोच गरेका थिए

काठमाडौं । नेपाल टी-२० मा स्पट फिक्सिङ भएको आशंका गर्दै कमेन्टेटर सचिन तिमिल्सिनाले आज फेसबुक लाइभ गरेपछि विवाद उब्जिएको छ । यस विषयमा नेपाली क्रिकेट टीमका पूर्वकप्तान एवं काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले मुख खोलेका छन् ।

आज सञ्चारकर्मीसँग कुरा गर्दै मल्लले आफ्नै टीमका एक खेलाडीलाई फिक्सरले अप्रोच गरेको बताए । यस विषयमा अनुशासन समितिमा आफूहरुले रिपोर्टसमेत गरेको उनले जानकारी दिए ।

मल्लले भने, ‘हाम्रो टीमको एउटा खेलाडीलाई अप्रोच गरेको थियो । तर, अप्रोच र फिक्सिङ फरक कुरा हो । र, हामीले रिपोर्ट गरेर यो विषयको अनुसन्धान भइसकेको छ ।’

कुन खेलाडीलाई कसले अप्रोच गरेको भन्नेबारे मल्लले खुलाउन चाहेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर