यातायात क्षेत्रका संगठनको ज्ञापन पत्र : कानूनविपरीत स्टन्ट गरेको भन्दै ट्राफिक प्रहरीलाई व्यवहार सुधार्न आग्रह (भिडिओ) – Nepal Press

यातायात क्षेत्रका संगठनको ज्ञापन पत्र : कानूनविपरीत स्टन्ट गरेको भन्दै ट्राफिक प्रहरीलाई व्यवहार सुधार्न आग्रह (भिडिओ)

काठमाडौं । यातायात क्षेत्रका व्यवसायी तथा श्रमिकहरुले ट्राफिक प्रहरीको व्यवहार सुध्रनुपर्ने भन्दै यातायात व्यवस्था विभागलाई १० बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

विभिन्न पाँच संघ संगठनहरुले सोमबार विभागका महानिर्देशक डा. टोकराज पाण्डेसँग भेटेर ज्ञापन पत्र बुझाएकाे नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राइले जानकारी दिए ।

भिडिओ

उनीहरुले ट्राफिक प्रहरी कानूनविपरीत स्टन्ट गरेर बालेनपथमा अग्रसर भएको आरोप लगाउँदै त्यस्तो नगर्न पनि आग्रह गरे । ट्राफिक नियममा मिच्दा सुरुमा ५००, त्यसपछि १००० र तेस्रो पटक १५०० रुपैयाँ जरीवाना हुने उल्लेख भएपनि पहिलोपटकमै १५०० रुपैयाँ जरिवाना गराउने निर्णय तत्काल खारेज गराउन उनीहरुले माग गरेका छन् ।

त्यस्तै, ज्ञापन पत्रमा सवारीसाधनको प्रदुषण चेकजाँच दुरुस्त नभएका सवारीसाधनलाई एकलाख रुपैयासम्म जरिवाना गर्ने सन्देशले सबैलाई आतंकित बनाएको भन्दै नेपालको समग्र प्रणाली सुधारमा आफूहरु बाधक नबन्ने तर सम्पूर्ण प्रणाली विकास नगरी एक लाख रुपैयाँ जरिवानाको विषय नमान्ने उल्लेख गरिएको छ ।

त्यस्तै, कतिपय रुटमै चल्दा पनि सवारी साधनलाई जरिवाना गरिने कार्य बन्द गर्न पनि ज्ञापन पत्रमा भनिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर