वागमती प्रदेशको पहिलो बैठक : पाँचवटा अध्यादेश टेवल – Nepal Press

वागमती प्रदेशको पहिलो बैठक : पाँचवटा अध्यादेश टेवल

हेटौँडा । वागमती प्रदेशको पहिलो बैठकमा पाँचवटा अध्यादेश टेबल भएको छ । प्रदेशसभाको पहिलो बैठक प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगिकार गरि बैठक संचालन गर्ने प्रस्ताव बहुमतले पारित गरेको थियो । सोहीअनुसार प्रदेशसभाको पहिले बैठकको अध्यक्षता ज्येष्ठ सदस्य राप्रसाद ढुंगानाले गरेका थिए ।

संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संसोधन गर्न बनेको अध्यादेश टेबल गरेका थिए । बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ पेश गरेका थिए । यसैगरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ टेबल गरेका थिए ।

बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गरेको बनेको अध्यादेश, २०७९ र स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ टेबल गरेका छन् ।

बैठकमा प्रदेशसभा नियामावाली पहिलो संसोधन २०७४ को नियम ११ उपनियम १ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न प्रदेशसभाको सदस्यहरु उर्मिला नेपाल , भारती पाठक, ठाकुर प्रसाद ढकाल , लक्ष्मी घिमिरे, राजेन्द्रमान श्रेष्ठलाई मनोनित गरेको छ।

दोस्रो बैठक पुस २९ गते शुक्रार बिहान ११ बजे बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर