मोदी सरकारको नोटबन्दी निर्णय सदरको फैसलासँगै नेपाल राष्ट्र बैंकको ५ करोड भारु बन्यो बेकाम – Nepal Press

मोदी सरकारको नोटबन्दी निर्णय सदरको फैसलासँगै नेपाल राष्ट्र बैंकको ५ करोड भारु बन्यो बेकाम

काठमाडौ । भारतले गरेको नोटबन्दीको निर्णय सही भएको भारतको सर्वोच्च अदालतले फैसला गरेको छ । सन् २०१६ मा नरेन्द्र मोदीको सरकारले ५०० र १००० दरका नोटबन्दी गरेको थियो । त्यसविरुद्ध अदालमा मुद्दा परेको थियो । अब मुद्दाको किनारा लागिसकेको छ ।

भारतको नोटबन्दी सँगै नेपालमा भएको ५०० र १००० दरका भारु साटिन पाएको थिएन । अहिले नेपाल राष्ट्र बैंकसँग भएको भारु ५ करोड (नेपाली ८ करोड) रुपैयाँ बराबरको ५०० र १००० दरका भारु नोट रहेको छ । भारतको निर्णयसँगै यो रकम खोस्टामा परिणत भएको राष्ट्र बैंकका एक अधिकारीले बताएका छन् ।

नोट साट्नकै लागि नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकको संयुक्त टेक्निकल कोअर्डिनेसन कमिटीसमेत बनेको थियो । सो कमिटीमा गर्भनरको कार्यालयका कार्यकारी निर्देशन रहेका थिए । नेपालले भारु साट्न प्रधानमन्त्री स्तरबाटै पहल गरेको थियो । यता नेपालको गर्भनरबाट पनि भारतको गर्भनरसँग नोट साटिने विषयमा पहल भएको थियो ।

राष्ट्र बैंकका एक अधिकारीले केन्द्रीय बैंकले धैरैपटक पत्राचार गर्दा पनि भारतले सुनुवाइ नगरेको बताए । ती अधिकारी भन्छन, ‘हामीले पटक पटक प्रधानमन्त्री टु प्रधानमन्त्री, गर्भरनर टु गर्भनर पहल गर्दा पनि भारतले सो रकम साट्न वास्ता गरेर । अब अदालतले नै भारतीय सरकारको निर्णय सही भनेर फैसला गरिसकेको अवस्थामा नेपालमा भएको भारु काम नलाग्ने भएको छ ।’

प्रणाली भित्र ८ करोड देखिएपनि प्रणाली बाहिर अझै कैयौ यस्ता नोट भएको ती अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर