मजदुरी गर्न भारत पुगेका कैलालीका एक दम्पतीसहित दुई वर्षीया छोरीको निसासिएर मृत्यु – Nepal Press

मजदुरी गर्न भारत पुगेका कैलालीका एक दम्पतीसहित दुई वर्षीया छोरीको निसासिएर मृत्यु

कैलाली । मजदुरीका लागि भारत पुगेका दम्पतीसहित एकै परिवारका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेश मेरठमा कैलालीको गौरीगङ्गा नगरपालिका १ गोप्काका तीनजनाको मृत्यु भएको गौरीगङ्गा नगरपालिका १ डबलबहादुर दियाकोटीले नेपाल प्रेसलाई बताए ।

भारतको मेरठमा रोजगारी गर्दै आएका आएका भुलको परिवार कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको उनले बताए ।

बन्द कोठामा कोइला बालेर उनीहरू सुतिरहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *