कसैको दबाबमा नपर्ने भन्दै माधव नेपालले कसरी बढ्नेबारे मागे सुझाव (भिडिओ) – Nepal Press

कसैको दबाबमा नपर्ने भन्दै माधव नेपालले कसरी बढ्नेबारे मागे सुझाव (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरू राष्ट्रहितको पक्षमा निरन्तर उभिराख्ने बताएका छन् ।

पार्टी कार्यालय आलोकनगरमा जारी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरू कसैको दबाबमा नपर्ने बताए ।

अध्यक्ष नेपालको भनाइलाई उदृत गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘राष्ट्रहितको पक्षमा लगातार उभिरहने, कसैको दबाबमा नपर्ने हाम्रो पार्टी आज आफ्नै दृष्टिकोण बनाउँदै अगाडि बढ्नुछ । त्यसका लागि आजको परिस्थितिलाई तपाईंहरू कसरी हेर्नुहुन्छ । त्यसको उचित परामर्श नेतृत्वलाई चाहिएको छ ।’

नेपालले कांग्रेस नेतृत्वको गठबन्धन टुटेर अहिले एमाले नेतृत्वको गठबन्धन बन्नुको कारणबारे पनि बैठकलाई प्रष्ट्याएको प्रवक्ता खतिवडाले बताए ।

‘पुरानो गठबन्धन कसरी टुटेर नयाँ गठबन्धन बनेको छ । अब हामी कसरी अगाडि बढ्ने तपाईंहरूको सुझाव दिनुहोस्’, अध्यक्ष नेपालले बैठकमा भनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर