‘नेपाली हर्ट ग्रुप’को प्रथम राष्ट्रिय अधिवेशन बुटवलमा सम्पन्न – Nepal Press

‘नेपाली हर्ट ग्रुप’को प्रथम राष्ट्रिय अधिवेशन बुटवलमा सम्पन्न

रुपन्देही । टिकटक चलाउनेहरूको संस्था ‘नेपाली हर्ट ग्रुप’को प्रथम राष्ट्रिय अधिवेशन बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले प्यूठानका डिल्लीराज पराजुलीलाई अध्यक्ष चुनेको छ ।

ग्रुपको वरिष्ठ उपाध्यक्ष शम्भु लम्साल चितवन, उपाध्यक्ष गोविन्द थापा काठमाडौं, महासचिव एलबी थापा प्यूठान, सचिव प्रसना पौडेल कास्की, कोषाध्यक्ष रश्मी आले काठमाडौं रहेका छन्।

कार्यसमिति सदस्यहरूमा तिला भुसाल दाङ,अविरल थापा प्यूठान,पीताम्बर पोख्रेल पाल्पा, नन्दकला पाण्डे काठमाडौं, अर्जुन भट्टराई काठमाडौं,रामबाबु गुरुङ उदयपुर, अमृत विक्रम शाही दैलेख ,सुगम रिजाल प्यूठान, पदम प्रसाद खनाल प्यूठान रहेका छन्।

नेपाली हर्ट ग्रुपले टिकटकका माध्यमबाट मनोरञ्जनका साथै सहयोग सङ्कलन गरेर अनाथ,गरिब, असहाय बालबालिका, दीन दुःखीहरुलाई सहयोग गर्दै आएको नवनिर्वाचित अध्यक्ष पराजुलीले बताए ।

उनले कोरोना महामारीका बेला भएको लकडाउनमा दुख र सास्ती भोगेका नेपाली दाजु भाइ दिदीबहिनीहरूलाई सहयोग गरेर समूहले मानवीय सेवाका काम शुरु गरेको र समूहलाई जिल्ला प्रशासन कार्यालय प्युठानमा विधिवत् दर्ता गरेर सञ्चालन गरेको बताए ।

हालसम्म नेपाली हर्ट ग्रुपले देशका विभिन्न ठाउँमा १ करोड ६४ लाख रुपैयाँ बराबरको सहयोग गरिसकेको पराजुलीले दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *