प्रभु क्यापिटलले ल्यायो बीमासहितको ‘९९९ आजीवन डिम्याट खाता’ योजना – Nepal Press

प्रभु क्यापिटलले ल्यायो बीमासहितको ‘९९९ आजीवन डिम्याट खाता’ योजना

काठमाडौँ । प्रभु क्यापिटलले ‘प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट खोलौ तथा बीमाको समेत सुरक्षा पाऔं’ भन्ने स्लोगनसहित ‘९९९ आजीवन डिम्याट खाता’ योजना सार्वजनिक गरेको छ ।

डिम्याट खाता प्रत्येक वर्ष नविकरण गर्नुपर्ने समस्याको हल स्वरुप प्रभु क्यापिटलले यो योजना ल्याएको हो ।

योजनामा हितग्राहीले एक पटक ९९९ रुपैयाँ शुल्क तिरेर क्यापिटलबाट आजीवन डिम्याट नवीकरणको सुविधा पाउनुका साथै निजले १ वर्षको अवधिमा १ लाख बराबरको दुर्घटना बिमा पाउने क्यापिटलले जनाएको छ । उक्त योजना नयाँ तथा पुराना सबै ग्राहकहरुमा मान्य हुनेछ ।

देश विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ । यसमा व्यक्तिले अनलाईन रिक्वेस्ट गर्दा ‘भिडिओ केवाइसी’ वा ‘एन एप भेरिफीकेसन’ छनौट गरी आफ्नो अनुकूलता अनुसार तुरुन्तै अनलाईन डिम्याट खाता खोल्न सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर