चर्को ब्याज लिएको भन्दै उदयपुरमा लघुवित्त खारेजीको मागमा स्थानीयको आन्दोलन (भिडिओ) – Nepal Press

चर्को ब्याज लिएको भन्दै उदयपुरमा लघुवित्त खारेजीको मागमा स्थानीयको आन्दोलन (भिडिओ)

काठमाडौं । उदयपुरको बेलाका नगरपालिकामा सञ्चालित लघुवित्त वित्तीय संस्थाहरुको खरेजीको माग गर्दै स्थानीयले आन्दोलन गरेका छन् ।

उनीहरुले आइतबार विभिन्न प्लेकार्ड बोकेर नारा जुलुससहित नगरपालिका पुगेर ज्ञापन पत्र बुझाउँदै लघुवित्त वित्तीय संस्थाहरुको खरेजीको माग राखेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले गलत ढंगबाट बचत गराउने गरेको र आफ्नै पैसा पुनः आफूहरुलाई नै चर्को रुपमा लगानी लगाएर ब्याज लिने गरेको आरोप लगाएका छन् ।

उनीहरुले आफूहरुलाई कर्जा चुक्त गर्न नसके मर्न वा शरीर बेचेरै भएपनि कर्जा तिर्न धम्की दिने गरेकोले बाध्य भएर आन्दोलन गर्नु परेको बताएका छन् ।

बेलका नगरपालिकाको विभिन्न वडाका साथै श्रीलंका टप्पु बासी महिला पुरुषले संयुक्त रुपमा संघर्ष समिति निर्माण गरी आन्दोलन सुरु गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर