कमल थापाको दाबी- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना राजा विरेन्द्रको हो – Nepal Press

कमल थापाको दाबी- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना राजा विरेन्द्रको हो

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना राजा विरेन्द्र भएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उद्घाटन गरेपछि सञ्चालनमा आएकोे विमानस्थलको परिकल्पनाकार राजा विरेन्द्र नै भएको दाबी गरे ।

उनले उद्घाटन कार्यक्रममा राजा विरेन्द्रको नाम नलिएकोप्रति असन्तुष्टि व्यक्त गरे ।

‘आज उद्घाटित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल वास्तवमा राजा विरेन्द्रको परिकल्पना हो । उद्घाटन समारोहमा राजा विरेन्द्रको नामसमेत कसैले उच्चारण गरेनन्’, उनले फेसबुकमा लेखेका छन्, ‘ईतिहासप्रति गौरव गर्दा वा अरुको योगदानको चर्चाग र्दा सानो भइन्नँ । राजाको योगदानको प्रशंसा गर्दैमा गणतन्त्र कमजोर हुँदैन, बरु सशक्त देखिन्छ ।’

ईतिहासप्रति गौरव गर्दा सानो नभइले उल्लेख गर्दै राजाको योगदानको प्रशंसा गर्दैमा गणतन्त्र कमजोर नहुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर