नेप्से १७.२६ अंकले वृद्धि, यी १० कम्पनीको सेयर सर्वाधिक बढ्यो – Nepal Press

नेप्से १७.२६ अंकले वृद्धि, यी १० कम्पनीको सेयर सर्वाधिक बढ्यो

काठमाडौं । सेयर बजारको उकालो यात्रा जारी छ । आइतबार नेप्से १७.२६ अंकले बढेर २०४६.२९ विन्दुमा अडिएको छ । आज ४ अर्ब रूपैयाँभन्दा बढीको कारोबार भयो ।

सृजनशील लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले बढेको यस कम्पनीको सेयर प्रतिकित्ता १९४१.६० रूपैयाँ पुगेको छ । धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको सेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । योसँगै धौलागिरीको सेयर मूल्य प्रतिकित्ता १ हजार १५० र खप्तडको ९५९.८० रूपैयाँ पुगेको छ ।

यस्तै अजोड इन्सुरेन्सको ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४६६ रूपैयाँ पुगेको छ । प्रभु लाइभको पनि ९.९८ प्रतिशतले बढेर ४७५ प्रतिसेयर कायम भएको छ । एनआईबीएल समृद्धि फण्ड २ (७.४४ रुपैयाँ प्रति इकाइ), ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ (८.५९ रूपैयाँ प्रति इकाइ), एसियन लाइफ इन्सुरेन्स (६३२ रुपैयाँ), प्रभु इन्सुरेन्स (४९३ रुपैयाँ) र सानिमा लाइफ इन्सुरेन्स (४१५ रुपैयाँ) को सेयर आजको कारोबारमा सबैभन्दा धेरै बढ्नेको सूचीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर