लुम्बिनीका सांसदले लिए शपथ (तस्बिरहरू) – Nepal Press

लुम्बिनीका सांसदले लिए शपथ (तस्बिरहरू)

रुपन्देही । लुम्बिनी प्रदेशसभाका ८७ सांसदले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।

प्रदेश राजधानी रहेको राप्ती उपत्यकामा नवनिर्मित प्रदेशसभा भवनमा प्रदेशसभा सदस्यहरूको शपथ गराइएको हो ।

शपथ ग्रहण समारोहमा लुम्बीनीका मुख्यमन्त्री कुलप्रसाद केसी, पूर्वमुख्यमन्त्री शंकर पोखरेल तथा पूर्वसभामुख पूर्णबहादुर घर्ती सहभागी थिए ।

प्रदेशसभाका कुल ८७ सांसदमध्ये ९ जनाले मातृभाषा र अन्यले नेपाली भाषामा शपथ लिएका छन् ।

यस प्रदेशसमा १० वटा राजनीतिक दलको सहभागिता छ । एमाले २९, कांग्रेस २७, माओवादी ९, राप्रपा, नागरिक उन्मुक्ति, जनमतका ४-४, लोसपा, जसपाका ३-३ तथा नेकपा एस र जनमोर्चाबाट १-१ सांसद छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर