लुम्बिनीमा एमालेकै नेतृत्वमा सरकार बन्छ: महासचिव पोखरेल (भिडिओ) – Nepal Press

लुम्बिनीमा एमालेकै नेतृत्वमा सरकार बन्छ: महासचिव पोखरेल (भिडिओ)

रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लुम्बिनी प्रदेशमा एमालेकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

आइतबार नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण कार्यक्रममा पुगेका लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री पोखरेलले पत्रकारहरुसँग भने, ‘सातवटा प्रदेशमध्ये हाम्रो बलियो उपस्थिति रहेको लुम्बिनी र प्रदेश नं १ हो । जसको जहाँ धेरै सांसद रहन्छन् त्यहाँ त्यो पार्टीले सरकारको दाबी गर्नु स्वाभाविक हो ।’

तर, अझै कसले कहाँ पाउने भन्ने छिनोफानो केन्द्रबाट नटुंगिएको र छिट्टै टुंगो लाग्ने उनको भनाइ छ ।

यसअघिको गठबन्धनले देशलाई निकास दिन नसकेकाले अहिलेको गठबन्धन बनेको उनको दाबी छ । नेता पोखरेलले सरकारमा सहभागी सबै दललाई समन्वय गरेर अगाडि जाने अभिभावकत्व एमालेको जिम्मेवारीमा आएकाले सोहीअनुसार नेतृत्व गर्ने बताए ।

उनले लुम्बिनी प्रदेशबाट संघीयता कार्यान्वयनको सुरुवात भएको र त्यो कामको नेतृत्व आफ्नै समयमा गर्न पाएकोमा खुशी लागेको बताए । पोखरेल नेतृत्वको समयमा प्रदेशको राजधानी देउखुरी तोक्ने तथा नाम लुम्बिनी राख्ने काम भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर