प्रदेश १ प्रदेशसभा : प्रदेशसभा नियमावली २०७४ स्वीकार गर्ने प्रस्ताव पास – Nepal Press

प्रदेश १ प्रदेशसभा : प्रदेशसभा नियमावली २०७४ स्वीकार गर्ने प्रस्ताव पास

विराटनगर । दोस्रोपटक गठन भएको प्रदेश १ प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा नियमावली २०७४ को पहिलो संशोधन स्वीकार गरेर जाने प्रस्ताव पास गरेको छ ।

नेपाली कांग्रेसका प्रदेश सांसद भीम पराजुली प्रस्तावक र एमालेका प्रदेश सांसद लीलावल्लव अधिकारी समर्थक रहेको सो प्रस्ताव पास भएको हो ।

नयाँ संसदको काम कारबाहीलाई अगाडि बढाउन सो नियमावली स्वीकार गरेर जाने प्रस्ताव पास भएको हो । प्रदेश १ प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य गयानन्द मण्डलले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर