अब्दुसको टिप्पणी- उत्ताउला प्रधानमन्त्री कामकुरो नसकिँदै विमानस्थल उद्घाटन गर्न पोखरा पुग्दैछन् – Nepal Press

अब्दुसको टिप्पणी- उत्ताउला प्रधानमन्त्री कामकुरो नसकिँदै विमानस्थल उद्घाटन गर्न पोखरा पुग्दैछन्

काठमाडौं । नेकपा एमालेका नेता अब्दुस मियाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उत्ताउलाको संज्ञा दिएका छन् ।

प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गर्न लागेकोप्रति उनले कटाक्ष गरेका हुन् ।

प्रचण्डसँग गोरखा २ मा पराजित भएका एमालेका अब्दुसले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म उत्सुक छु, आज उद्घाटन हुने अन्तर्राष्ट्रिय विमानस्थलमा कुन देशबाट विमान आउँदैछ वा कुन देशमा विमान उडेर जान्छ ? सम्भवत: त्यसबारे कुनै तयारी भएकै छैन । उत्ताउला प्रधानमन्त्री काम कुरो नसकिँदै विमानस्थल उद्घाटन गर्न पोखरा पुग्दैछन् । यसो कर्मकाण्ड पुर्‍याउन एउटा लोकल जहाज ल्याण्ड गराउने अरे ।’

उनले विमानस्थल उद्घाटन हुँदा पोखरा महानगरले सार्वजनिक बिदा दिएकोप्रति पनि असन्तुष्ट पोखेका छन् ।

‘अर्को अचम्म, एउटा सामान्य विमानस्थल उद्घाटन हुँदा आज पोखरामा सार्वजनिक बिदा दिइएको छ । यो बिदाको औचित्य के हो, मैले चाहिँ बुझ्न सकिन’ उनले भनेका छन्, ‘ यतिखेर विभिन्न विद्यालय तथा क्याम्पसमा परीक्षा चलिरहेको छ । हठात् ‘राजाको उर्दी’ शैलीमा सार्वजनिक बिदा घोषणा हुँदा विद्यार्थी तथा अभिभावकले जुन किसिमको अन्योलपूर्ण वातावरण भोग्नुपरेको छ, त्यसबारे प्रधानमन्त्री र उनले नेतृत्व गरेको सरकारले खासै वास्ता गरेजस्तो देखिन्न ।’

नयाँ वर्षको पहिलो दिनमै प्रधानमन्त्रीको कार्यशैलीप्रति कटाक्ष गर्ने रहर नभएको उल्लेख गर्दै उनले हरेक गलत कदमविरुद्ध आवाज उठाउने जिम्मेवारी आफूलाई गोर्खाली जनताले दिएको बताएका छन् ।


प्रतिक्रिया

One thought on “अब्दुसको टिप्पणी- उत्ताउला प्रधानमन्त्री कामकुरो नसकिँदै विमानस्थल उद्घाटन गर्न पोखरा पुग्दैछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर