अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस भव्य रूपमा मनाइयो (तस्बिरहरू/भिडिओ) – Nepal Press

अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस भव्य रूपमा मनाइयो (तस्बिरहरू/भिडिओ)

काठमाडौं । आज १ जनवरी २०२३ । अर्थात् ईस्वी संवतको नयाँ वर्ष । आज अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस भव्य रूपमा मनाइँदै छ।

विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अंग्रेजी नयाँ वर्षलाई अझै विशेष बनाउने तयारी भइरहेको छ ।मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् ।

राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपाल, स्वतन्त्र राष्ट्र प्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्युचोली राष्ट्रिय जागरण अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपाल लगायतका संघसंस्थाले राजधानीको माइतीघरमा भेला भएर उक्त दिवस मनाउने गरेका छन् ।

अन्तर्राष्ट्रिय रूपमा नेपालीपनको प्रवर्द्धन गर्ने र देशभित्र पनि आफ्नो संस्कृतिको प्रवर्द्धन र प्रसार गर्न मद्दत पुर्‍याउने उद्देश्यले टोपी दिवस मनाउन लागेको कार्यक्रमका युवाहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर