एकीकृत समाजवादीले वागमतीमा भोलिसम्म दलको नेता छान्ने – Nepal Press

एकीकृत समाजवादीले वागमतीमा भोलिसम्म दलको नेता छान्ने

हेटौँडा । नेकपा एकीकृत समाजवादी वागमती प्रदेशले पुस १८ गतेसम्म संसदीय दलको नेता छनोट गर्ने बताएको छ ।

वागमती प्रदेशमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले दलको नेता छनोट गरिसकेका छन् ।

पुस १८ को लागि प्रदेशसभाको पहिलो बैठक बोलाइएको अवस्थामा त्यो भन्दाअघि नै दलको नेता छनोट गर्ने तयारीमा समाजवादी छ ।

आज स्थायी कमिटी बैठक बोलाइएको र भोलिसम्म दलको नेता चयन हुने चितवन १ (१)बाट विजयी प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल शर्माले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर