मिसाइल प्रहार गरी उत्तर कोरियाले गर्‍यो नयाँ वर्षको स्वागत – Nepal Press

मिसाइल प्रहार गरी उत्तर कोरियाले गर्‍यो नयाँ वर्षको स्वागत

प्योङयाङ । उत्तर कोरियाले आइतबार बिहान आफ्नो पूर्वी तटमा छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।

नयाँ वर्षको दिनमा एक बिहानै उत्तरले हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको हो । उत्तर कोरियाले ब्यालिस्टिक मिसाइल प्रहार गरेको २४ घण्टा बित्न नपाउँदै छोटो दूरीका मिसाइल प्रहार गरेको हो ।

राजधानी प्योङयाङको रोङसोङ क्षेत्रबाट स्थानीय समय अनुसार बिहान २ः५० बजे प्रहार गरेपछि पछिल्लो क्षेप्यास्त्र करिब ४०० किलोमिटर (२४९ माइल) उडेको दक्षिण कोरियाका संयुक्त प्रमुख कर्मचारी (जेसीएस) ले भनेको छ ।

जेसीएसले प्योङयाङलाई तत्काल परीक्षण  रोक्न आग्रह  गर्दै भनेको छ, ‘हामी उत्तर कोरियाको शृङ्खलाबद्ध क्षेप्यास्त्र परीक्षणको कडा निन्दा गर्छौँ जुन कोरियाली प्रायद्वीप र अन्तर्राष्ट्रिय समुदायको शान्ति र स्थिरतामा चोट पुर्‍याउने गम्भीर उत्तेजना हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर