सुदूरपश्चिममा दलको नेता छनोट गर्न माओवादी संसदीय दलको बैठक सुरु – Nepal Press

सुदूरपश्चिममा दलको नेता छनोट गर्न माओवादी संसदीय दलको बैठक सुरु

कैलाली । सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलको बैठक सुरु भएको छ ।

बिहान माओवादी प्रदेश कमिटीको बैठक सकेर अहिले संसदीय दलको कार्यालयमा दलको नेता छनोट गर्न बैठक सुरु भएको हो । बिहानको बैठकमा माओवादी प्रदेश पदाधिकारी तथा केन्द्रीय सदस्यहरू उपस्थित थिए ।

सर्वसम्मत रूपमा दलको नेता छनोट गर्ने म्यान्डेट प्रदेश समितिले दिएको थियो । अहिले सर्वसम्मत रूपमा दलको नेता छनोट गर्न बैठक जारी छ ।

तर, सर्वसम्मतको सम्भावना कम रहेको माओवादी नेताहरूको बुझाइ छ । यहाँ माओवादी स्थायी कमिटी खगराज भट्ट र केन्द्रीय सदस्य ओम विक्रम भाट आकाङ्क्षी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर