अध्यक्ष र सञ्चालकको व्यक्तिगत निर्णयले सहकारी समस्यामा परे : रजिष्ट्रार पण्डित – Nepal Press

अध्यक्ष र सञ्चालकको व्यक्तिगत निर्णयले सहकारी समस्यामा परे : रजिष्ट्रार पण्डित

काठमाडौं । सहकारीका अध्यक्ष तथा सञ्चालकले व्यक्तिगतरुपमा निर्णय गर्दा सहकारीमा समस्या परेको सहकारी विभागका रजिष्ट्रार रुद्र पण्डितले बताएका छन् । पछिल्लो समय जति पनि सहकारीमा समस्या देखिएको छ त्यसमा सामुहिक निर्णय भन्दा व्यक्तिगत निर्णय हाबी भएको छ, पण्डितले भने ।

सहकारीमा बचत भएको रकम धेरै जसो घरजग्गा र गाडीमा गएको पनि उनको भनाइ छ । पण्डित भन्छन, ‘सहकारीका सञ्चालक र अध्यक्षले घरजग्गामा लगानी गरे । तर सो लगानी उठाउन किताकाट बन्द हुँदा जग्गा बेच्न समयमै सकेनन् । यसले गर्दा सहकारी समस्यामा परे ।’

यता राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बैंक तथा वित्तीय संस्थामा देखिएको अस्वस्थ प्रतिस्पर्धाले सहकारीलाई संकटमा पारेको बताए । सहकारी पत्रकार समाज (सिजेएन) को बाह्रौ वार्षिक साधारणसभामा बोल्दै उप्रेतीले अहिले सहकारीमा देखिएको समस्या सहकारीकै कारणले मात्र नभएर बैंक तथा वित्तीय संस्थाका कारण पनि समस्या परेको बताए ।

बैंकले ऋण दिन नसक्ने भएपछि सहकारीमा माग्न आउँन थाले र सहकारीले पनि धान्न सकेन, उनले भने । पछिल्लो समय सहकारीहरुले निक्षेप नै फिर्ता गर्न नसकेको खबरहरु बाहिरिरहेका छन् । केही सकहारी भने फरार समेत भएका थिए । मुलुकमा अहिले ११ सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर