मञ्चले भन्यो- एउटा मोबाइल सेटमा पनि भन्सार लगाइनु प्रवासी नेपालीमाथिको निर्मम शोषण – Nepal Press

मञ्चले भन्यो- एउटा मोबाइल सेटमा पनि भन्सार लगाइनु प्रवासी नेपालीमाथिको निर्मम शोषण

काठमाडौं । नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्चले प्रवासमा रहेका नेपालीहरूले घर फर्किँदा आफ्नो परिवारका सदस्यका लागि ल्याउने एउटा मोबाइल र ल्यापटमा समेत भन्सार तिर्नुपर्ने नियम लगाइएकोमा आपत्ति जनाएको छ ।

मञ्चका अध्यक्ष सञ्जय थापा र सचिव हेम शेर्पाले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै विदेशमा वर्षौंसम्म रगत, पसिना बगाएर आफ्नो जहान परिवारलाई एउटा मोबाइल र छोराछोरीको लागि एउटा ल्यापटप ल्याउँदा पनि भन्सार लिनु भनेको प्रवासी श्रमजिवीमाथिको निर्मम शोषण भनेका छन् ।

प्रवासमा रहेका नेपालीहरूलाई शोषण गर्ने खालको उपहारको फोन र ल्यापटपमा भन्सार अनिवार्य गर्ने निर्णय तत्काल खारेज गर्न मञ्चले माग गरेको छ ।


प्रतिक्रिया

2 thoughts on “मञ्चले भन्यो- एउटा मोबाइल सेटमा पनि भन्सार लगाइनु प्रवासी नेपालीमाथिको निर्मम शोषण

  1. विदेशमा कमाएको आधा कर बुझाउँदा मतलव छैन । नेपालमा एउटा मोवाईल त्यसै ल्याउन पाईन्छ । थप ल्याउनु परेमा १८% कर तिर्नु्पर्यो भनेर केको रोईलो नि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *